कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

भाद्र २६, २०८१
गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

काठमाडौँ — गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४१ हजार २० पुगेको छ । गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको  बताए ।

साथै उक्त आक्रमणमा करिब सय जना घाइते भएका छन् । जसबाट कूल मृत्यु हुनेको संख्या ४१ हजार २० पुगेको छ । अक्टोबर २०२३ को सुरुमा प्यालेस्टिनी–इजरायली संघर्ष सुरु भएदेखि ९४ हजार ९२५ जना घाइते भएका छन् ।

मंगलबार दक्षिणी गाजाको खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिने पालमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ६० भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित : भाद्र २६, २०८१ १२:५४
×