कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार

भाद्र ९, २०८१
हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार

जेरुसलेम — लेबनानको हिजबुल्लाह समूहले उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ । बेरुतमा हिजबुल्लाह कमाण्डरको हत्यापछि आक्रमण भएको हो ।

हिजबुल्लाहले गत महिना बेरुतमा एक वरिष्ठ कमाण्डरको हत्याको बदला लिन आइतबार इजरायलविरुद्ध सयौं रकेट र ड्रोन प्रक्षेपण गरेको हो ।

इजरालयले पूर्व-एम्प्टिभ स्ट्राइकको साथ धेरै ठूलो आक्रमणलाई विफल पारेको बताएको छ।

गाजामा प्यालेस्टिनी समूह हमासविरुद्ध युद्ध गरिरहेको इजरायलको लेबनानको हिजबुल्लाहबीच पनि शत्रुतापूर्ण सम्बन्ध छ। दुई समूहबीच तिक्तता चुलिएपछि आइतबार भएको सबैभन्दा ठूलो गोलीबारी हो ।

करिब एकसय इजरायली जेटहरूले आक्रमण गर्नुभन्दा केही समय अघि दक्षिणी लेबनानमा ४० भन्दा बढी हिजबुल्लाह प्रक्षेपण साइटहरूमा प्रहार गरेको थियो । हिजबुल्लाहले इजरायलतर्फ ड्रोन र ३२० भन्दा बढी कात्युशा रकेट प्रक्षेपण गरेको र ११ सैन्य क्षेत्रमा प्रहार गरेको बताएको छ । हिज्बुल्लाहकले इजरायलले बेरुतमा गत महिना एक वरिष्ठ कमाण्डर फुआद शुक्रको हत्याको प्रतिक्रियाको 'पहिलो चरण' पूरा गरिसकेको र पूर्ण प्रतिक्रिया आउन 'केही समय' लाग्ने उल्लेख गरेको छ ।

गत महिना इजरायलको कब्जामा रहेको गोलान हाइट्समा क्षेप्यास्त्र आक्रमणमा १२ जना युवाको ज्यान गएपछि इजरायली सेनाले बेरुतमा शुक्रको हत्या गरेको थियो । त्यसपछि दुई पक्षबीचको तनाव बढ्ने अपेक्षा बढेको थियो।

प्रकाशित : भाद्र ९, २०८१ १४:००
×