कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

हसिनाले भनिन्- विदेशी शक्तिले हटाए, चाँडै देश फर्किन्छु

श्रावण २७, २०८१
हसिनाले भनिन्- विदेशी शक्तिले हटाए, चाँडै देश फर्किन्छु

आन्दोलनका कारण सत्तासहित देश छोडेर भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले  आफ्नो पदच्युतमा अमेरिकाजस्ता 'विदेशी शक्ति'को हात  रहेको आरोप लगाएकी छन् ।

देश छोडेपछि पहिलोपटक आफ्नो मौनता तोड्दै हसिनाको यो अभिव्यक्ति आएको हो ।उनी अहिले भारतमा शरण लिइरहेकी छन् ।

'यदि मैले सेन्ट मार्टिन र बंगालको खाडी छोडेर अमेरिका गएको भए म सत्तामा रहन सक्थें,' उनले आफ्नो अवामी लिग समर्थकहरूलाई शनिबार लेखेको सन्देशमा छ ।

उनले नयाँ अन्तरिम सरकारलाई विदेशी शक्तिहरूबाट प्रयोग नहुने चेतावनी दिएकी छन् ।

'मैले शवको जुलुस नहेर्नुपरोस् भनेर राजीनामा दिएँ । उनीहरू तिम्रो (विद्यार्थी) शरीरमाथि सत्तामा आउन चाहन्थे, तर मैले अनुमति दिइँन। सायद आज म देशमा भएको भए धेरैले ज्यान गुमाउने थिए, धेरै सम्पत्ति नष्ट हुने थियो' उनले भनिन् । उनले अर्को साता भारतमा सञ्चारकर्मीलाई पनि सम्बोधन गर्ने संभावना छ ।

हसिनाविरुद्ध साता लामो विद्यार्थी आन्दोलनमा ३०० भन्दा बढीको मृत्यु भएको थियो । अमेरिका, बेलायत क्यानडा र अन्य देशहरूले विद्यार्थीको मृत्युको छानबिन गर्न आह्वान गरेका छन् ।

अमेरिका बंगलादेशको सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानीकर्ता पनि हो।

‘म छिट्टै फर्कनेछु’

उनले समर्थक र कार्यकर्तालाई दिएको सन्देशमा उनले हार स्विकारे पनि स्वदेश फर्कने वाचा गरेकिछन् ।'म चाँडै फर्कनेछु । हार मेरो हो तर जित बंगलादेशका जनताको हो' उनले भनेकी छन्,'मैले आफूलाई हटाएँ, तिम्रो जित लिएर आएको हुँ, तिमी मेरो शक्ति थियौ, तिमीले मलाई चाहेनौ, म आफैंले छोडेर राजीनामा दिएँ । मेरा कार्यकर्ता जो त्यहाँ छन्, कसैले पनि मनोबल गुमाउने छैनन्। अवामी लिग बारम्बार उठेको छ ।’

पूर्वप्रधानमन्त्रीले हसिनाले उनको शब्दलाई तोडफोड गरेको पनि आरोप लगाइन् । 'म मेरा युवा विद्यार्थीहरूलाई दोहोर्‍याउन चाहन्छु, मैले तपाईंहरूलाई 'रजाकार' भनिनँ । मेरा शब्दहरू तोडमोड गरियो' उनले भनेकी छन् । 'रजाकार' शब्दलाई बंगलादेशमा देशद्रोहीकै रुपमा अपमानजनक मानिन्छ । बंगलादेशको स्वतन्त्रताको लागि १९७१ को युद्धमा पाकिस्तानी सेनासँग सहकार्य गर्ने 'स्वयंसेवक' हरूलाई 'रजाकार' को रुपमा आरोपित गरिन्छ ।

प्रकाशित : श्रावण २७, २०८१ १७:४०
×