पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै धर्ना

मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी पिट्ने पक्राउ

काठमाडौँ — ललितपुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा हानेको निहुँमा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन् ।

पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै धर्ना

बिहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएका थिए । प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो ।

गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमतिबिना जबरजस्ती मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोक दिनभर तनावग्रस्त बनेको थियो । केही युवाले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।

प्रकाशित : भाद्र २२, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?