कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

जेभियर र गोल्डेनगेट सफल 

भाद्र २०, २०८१

काठमाडौँ — जेभियर कलेज प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनल पुगेको छ । जेभियरले अतिरिक्त समयमा रातो बंगलालाई ३०–२१ स्कोरले हरायो । जेभियरकी पेम्बा डोमा शेर्पाले १९ स्कोर जोडिन् । 

रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा गोल्डेनगेट कलेजले ल्यान्डमार्क एकेडेमीलाई ३८–१२ स्कोरले हराएर सेमिफाइनल तय गर्‍यो । विजेताका श्रेया गुरुङले १० स्कोर गरिन् । अर्को महत्त्वहीन खेलमा कान्जिरोवाले ट्रिटन कलेजलाई ३३–११ ले हरायो । कान्जिरोवाकी अनिशा बोहराले २० स्कोर जोडिन् । सेमिफाइनलमा जेभियर र ल्यान्डमार्क तथा गोल्डेनगेट र रातो बंगलाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : भाद्र २०, २०८१ ०६:२६
x
×