कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

यूएस ओपन २०२४ : ड्रापर अन्तिम चारमा

भाद्र २०, २०८१
यूएस ओपन २०२४ : ड्रापर अन्तिम चारमा

काठमाडौँ — बेलायतका ज्याक ड्रापरले बुधबार एलेक्ड डे मिनरलाई पराजित गर्दै यूएस ओपन २०२४ को अन्तिम चारमा प्रवेश गरेका छन् । उनको यो पहिलो ग्रान्ड स्लाम सेमिफाइनल हुनेछ ।

पहिलो पटक आर्थर ऐस स्टेडियममा खेल्दै २२ वर्षीय ड्रापरले ६–३, ७–५ र ६–२ को जित निकाले । अब उनले फाइनल पुग्नका लागि यानिक सिनर अथवा ड्यानिएल मेडभेडेभको सामना गर्नेछन् ।

महिलातर्फ चेक खेलाडी क्यारोलिन मुचोभा सेमिफाइनल पुगेकी छिन् । उनले भने बेटरिज हाडडमाथि सजिलो ६–१ र ६–४ को जित रचिन् । अब सेमिफाइनलमा उनको सामना इगा स्वाटिक अथवा जेसिका पेगुलामध्ये एकसँग हुनेछ ।

प्रकाशित : भाद्र २०, २०८१ ०५:३०
x
×