कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

लामाचौर कप भलिबलमा न्यु डायमन्ड विजयी

भाद्र २०, २०८१
लामाचौर कप भलिबलमा न्यु डायमन्ड विजयी

पोखरा — लामाचौरमा भइरहेको लामाचौर कप भलिबलमा महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले गण्डकी प्रदेश (तस्बिरमा)लाई ३–० को सोझो सेटमा पराजित गरेको छ । डायमन्डले २५–१३, २५–१६, २५–१६ ले जित पाएको थियो । लगातार दुई खेल जितेको डायमन्डले ६ अंक जोडेको छ । 

एपीएफले एभरेस्ट भलिबललाई २५–१०, २५–११, २५–१३ ले हरायो । एपीएफको पनि दोस्रो जित हो । गण्डकी र एभरेस्ट अंकविहीन छ ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गल्कोटलाई २५–१२, २५–१७, २५–२२ ले हराएको थियो । पुलिसको यो दोस्रो जित हो ।

प्रकाशित : भाद्र २०, २०८१ ०६:२९
x
×