कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

यूएस ओपन : फ्रिट्ज पहिलो पटक सेमिफाइनलमा

भाद्र १९, २०८१
यूएस ओपन : फ्रिट्ज पहिलो पटक सेमिफाइनलमा

काठमाडौँ — टेलर फ्रिट्जले एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै मंगलबार यूएस ओपन-२०२४ को सेमिफाइनल यात्रा तय गरेका छन् । उनी ग्रान्ड स्लामको सेमिफाइनल पुगेको यो नै पहिलो पटक हो ।

यसअघिका चार ग्रान्ड स्लाम क्वाटरफाइनल हारमा पूर्णविराम लगाउँदै फ्रिट्ज यसपल्ट जेभरेभलाई ७–६, ३–६, ६–४ र ७–६ ले पराजित गरे । यो जितपछि सन् २००३ यता अमेरिकी खेलाडीले यूएस ओपन जित्ने सम्भावना कायम रहेको छ।

त्यतिबेला एन्डी रोडिकले उपाधि जितेका थिए । महिलातर्फ अमेरिकाकै इमान नाभारो पनि सेमिफाइनल पुगेकी छिन् । उनले पउल बडोसलाई ६–२ र ७–५ ले पराजित गरिन् ।

प्रकाशित : भाद्र १९, २०८१ ०६:२७
x
×