कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

हिले ब्याडमिन्टन क्लबको नयाँ कार्यसमिति चयन

भाद्र १९, २०८१
हिले ब्याडमिन्टन क्लबको नयाँ कार्यसमिति चयन

धनकुटा — हिले ब्याडमिन्टन क्लबको छैटौं साधारणसभाले आशिष तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा राम प्रधान, सचिवमा लक्ष्मण प्रधान, सहसचिवमा पेम्बा लामा र कोषाध्यक्षमा कुमार तितुङ छन् ।सदस्यमा श्रीओम श्रेष्ठ, सन्तोष राणा, अम्बर तितुङ, रमेश श्रेष्ठ, अरुणा तामाङ, प्रमिला बरुवाल ठकुरी र सन्तोष राणा छन् ।

कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ गरेका थिए । क्लबले खेलकुद प्रतियोगितासहित विभिन्नि सामाजिक कार्य गरिरहेको निवर्तमान सचिव सन्तोष श्रेष्ठले बताए ।

क्लबले धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, वडा १ वडाध्यक्ष ओङ्दा तामाङ र हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वालाई कदरपत्रसहित सम्मान गरेको छ ।

प्रकाशित : भाद्र १९, २०८१ ०६:१३
x
×