कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

प्रदेशस्तरीय आंगिक क्याम्पस छात्रा भलिबल प्रतियोगिता हुने

भाद्र १९, २०८१
प्रदेशस्तरीय आंगिक क्याम्पस छात्रा भलिबल प्रतियोगिता हुने

गोरखा — गण्डकी प्रदेशस्तरीय त्रिवि आंगिक क्याम्पस छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । गोरखा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद उपसमितिको आयोजनामा असोज ६ र ७ गते प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रदेशभरका ७ वटा क्याम्पसका छात्राहरुले भाग लिने बुधबार स्ववियुले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५रुपैयाँ र दोस्रो हुनेले ३३ हजार तीन सय ३३ रुपैयाँ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने स्ववियुका सहसचिव तथा खेलकुद उपसमितिका संयोजक रचन परियारले बताए ।

त्यस्तै विभिन्न विधातर्फ पनि पुरस्कारको ब्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार, उत्कृष्ट ब्लकर, उत्केष्ट स्पाईकर, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट सेटरलाई १५/१५ सय पुरस्कार दिइने छ ।

प्रकाशित : भाद्र १९, २०८१ १७:०३
x
×