कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

नेपालले अभ्यास खेल खेल्ने

भाद्र १५, २०८१
नेपालले अभ्यास खेल खेल्ने

काठमाडौँ — क्यानडामा विश्वकप क्रिकेट लिग २ को शृंखला खेल्नुअघि नेपालले श्रीलंकामा तीन अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जनाएअनुसार नेपाली राष्ट्रिय टोलीले श्रीलंका डेभलपमेन्ट टोलीसँग तीन अभ्यास खेल खेल्न लागेको हो । नेपालले सेप्टेम्बर ३, ५ र ७ तारिखमा ती अभ्यास खेल खेल्नेछ ।

नेपालले टोरन्टो गएर सेप्टेम्बर १६ देखि २६ सम्म क्यानडा र ओमानसँग लिग २ को २–२ खेल खेल्ने कार्यक्रम छ । लिग २ मा नेपालको यो दोस्रो शृंखला हो ।

नेपालले श्रीलंका जाने १९ सदस्यीय टोली पनि चयन गरेको छ । रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

नेपाली टोली भारतको बेङ्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गरेर हालै नेपाल फर्किएको हो । बेङलोर गएको टोलीमा कमलसिंह ऐरी, सूर्य तामाङ र बसिर अहमद रहेका छैनन् ।

प्रकाशित : भाद्र १५, २०८१ ०६:३४
x
×