कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

युनाइटेड गोल्डकप सुरु

भाद्र १४, २०८१

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गिरुबारीमा जारी युनाइटेड गोल्डकप फुटबलको शुक्रबार उद्घाटन खेलमा चोरमारा क्लबले वसन्तपुर फार्मेसीलाई ५–४ ले हराएको छ ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि टाइब्रेकरमा चोरमारा विजयी भएको हो । शनिबार हरियाली युवा क्लब र रजहर वातासिनो कावासोती भिड्नेछन् ।

विजेताले २ लाख ५० हजार ५ सय र उपविजेताले १ लाख ५० हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र १४, २०८१ २१:२९
x
×