कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ज्ञान कार्निभलमा रेडियन्ट पब्लिक विजयी

भाद्र १४, २०८१
ज्ञान कार्निभलमा रेडियन्ट पब्लिक विजयी

काठमाडौँ — रेडियन्ट पब्लिकले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो पाएको छ । रेडियन्टको ब्वाइज/गर्ल्स दुवै टोली विजयी भएको हो ।

ब्वाइजमा रेडियन्टले जेम्सलाई ४२–१९ स्कोरले पराजित गर्‍यो । रेडियन्टका सुशन न्यौपानेले १३ स्कोर गरे । गर्ल्समा श्रेया बिडारीको ११ स्कोरमा रेडियन्टले आयोजक ज्ञानोदयलाई २२–१७ ले हरायो । गर्ल्समै चाँदबागले मल्पी इन्टरनेसनललाई २२–१० ले हरायो । चाँदबागकी साम्राज्ञी शाहले ८ स्कोर गरिन् ।

ब्वाइजतर्फ अन्य खेलमा मोर्डन इन्डियन स्कुल (एमआईएस) ले चाँदबागलाई २९–१८, मल्पीले भीएस निकेतनलाई २७–२२ र आयोजक ज्ञानोदयले मल्पी सिटीलाई ४९–२९ ले पन्छाए । एमआईएसका याङसाङ पाख्रिनले ११, मल्पीका साङ्गे गुरुङले १७ र ज्ञानोदयका टासी पुनेलले ११ स्कोर जोडे ।

प्रकाशित : भाद्र १४, २०८१ २०:३८
x
×