कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : मन्त्री चौधरी

भाद्र ५, २०८१
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : मन्त्री चौधरी

बाँके — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सञ्चालन हुने गरी तयारी भइरहेको बताए । 

मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्ने गरी रङ्गशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताए ।

'प्रतियोगितामा सहभागी हुने खेलाडीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरू नेपालगञ्जमा गर्ने विषयमा पनि छलफल भइरहेको छ, त्यसका लागि आवश्यक तयारी सुरू गरिएको छ । सुर्खेतमा खेल पूर्वाधार निर्माण धमाधम भइरहेका छन्,' उनले भने ।

प्रकाशित : भाद्र ५, २०८१ १९:०७
x
×