२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

एनओसीलाई पोसाक हस्तान्तरण

श्रावण २, २०८१
एनओसीलाई पोसाक हस्तान्तरण

काठमाडौँ — पेरिस ओलम्पिकमा भाग लिने नेपाली टोलीका लागि कोमोरेबीले मंगलबार नेपाल ओलम्पिक कमिटीलाई पोसाक हस्तान्तरण गरेको छ । कमिटीको सातदोबाटोस्थित मुख्यालयमा कोमोरेबीका सीईओ भ्यालेन्टाइन डेनियलले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई पोसाक उपलब्ध गराएका हुन् ।

कोमोरेबी र ओलम्पिक कमिटीबीच यसअघि भएको सम्झौताअनुसार उक्त पोसाक प्रदान गरिएको हो । कोमोरेबी फ्रान्सेली टेक्सटायल कम्पनी हो । सम्झौताअनुसार ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई जुत्ता, मोजा, ट्र्याकसुट, पाइन्ट, ब्यागप्याक र स्पोर्टस ब्याग दिइएको हो ।

कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यको पनि उपस्थिति थियो । फ्रान्सको पेरिसमा ३३ औं गृष्मकालीन ओलम्पिक जुलाई २६ देखि हुादै छ । प्रतियोगितामा नेपालका सात खेलाडीको सहभागिता रहनेछ । एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा तथा जुडोकी मनिता श्रेष्ठ प्रधान छन् ।

प्रकाशित : श्रावण २, २०८१ ०६:०५
x
×