कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किशोरीमाथि जबरजस्ती गर्न खोज्ने २ जना पक्राउ

भाद्र २५, २०८१

कञ्चनपुर — कृष्णपुर नगरपालिका-२ बाट जबरजस्ती करणी उद्योगमा २ जना पक्राउ परेका छन् । १७ वर्षीय किशोरीमाथि जबरजस्ती गर्न खोजेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठका अनुसार अटवारीका लागि आफन्तको घरमा गएका बेला स्थानीय युवाले जबरजस्तीको प्रयास गरेका हुन् । पक्राउ पर्नेमा २८ वर्षीय सुरेश चौधरी र २३ वर्षीय रमेश चौधरी रहेका छन् ।

किशोरीको घर कृष्णपुर नगरपालिकामा हो । उनी अटवारीका लागि आफन्तको घरमा गएकी थिइन् ।

प्रकाशित : भाद्र २५, २०८१ १२:०१
×