कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

कर्णाली नदीमा बालिकाको शव फेला

भाद्र २०, २०८१
कर्णाली नदीमा बालिकाको शव फेला

कैलाली — कर्णाली नदीमा बिहीबार एक बालिकाको शव फेला परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा अन्दाजी १२ वर्षीया बालिकाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कर्णाली चिसापानी सामुदायिक वनतर्फको भागबाट र्‍याफ्टिङको सहायतामार्फत बालिकाको शव निकाली टिकापुर अस्पताल लगिएको छ ।

शव पहिचान गर्न नसकिने अवस्थामा रहेको उनले बताए ।

प्रकाशित : भाद्र २०, २०८१ २१:५९
x
×