कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बाँदर धपाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

भाद्र १९, २०८१

दार्चुला — नौगाड गाउँपालिका-१ साङपाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । साङपाङस्थित बरभगे भिरबाट लडेर स्थानीय अन्दाजी ४५ वर्षका उदयसिंह ठगुन्नाको मृत्यु भएको हो ।

स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । ठगुन्ना भिरबाट करिब ३ सय मिटर तल खसेका थिए ।

प्रकाशित : भाद्र १९, २०८१ ११:४६
x
×