कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

जापानिज इन्सेफलाइटिसको संक्रमणबाट घोडाघोडीका दुई जनाको मृत्यु

भाद्र १८, २०८१

काठमाडौँ — कैलाली जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । संक्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिएका छन् ।

जोशीकानुसार घोडाघोडी नगरपालिका–५का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । जिल्लाका थप चार जनामा संक्रमण पुष्टि भएको छ । गौरीगंगा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको जोशीले बताए ।

गौरीगंगामा छ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा संक्रमण पुष्टि हो । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् । अन्य संक्रमितको उपचार भइरहेको छ । पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।

प्रकाशित : भाद्र १८, २०८१ २१:३९
x
×