कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

भाद्र १८, २०८१
स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर) — गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताएका छन् ।

आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले देशका सबैभन्दा ठूला राजनीतिक दल मिलेर समीकरण बनाएको बताए ।

'मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ,', मन्त्री लेखकले भने, 'देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ ।' उनले स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए ।

त्यसैगरी उनले नेपाल प्रहरी र सशत्र प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरिरहेको बताए । नेपाल–भारत सिमानामा रहेको बिओपीलाई व्यवस्थित गर्नसमेत सरकार गम्भीरताका साथ लागेको उनको भनाइ छ । त्यसैगरी उनले बेलौरी र पुनर्वासमा रहेका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको बताए ।

प्रकाशित : भाद्र १८, २०८१ १५:३२
x
×