कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बझाङ पहिरो : सुदूरपश्चिम सरकारले मृतक परिवारलाई एक लाख रुपैयाँ दिने

भाद्र ३, २०८१
बझाङ पहिरो : सुदूरपश्चिम सरकारले मृतक परिवारलाई एक लाख रुपैयाँ दिने

Highlights

  • प्रदेश सरकारद्वारा नगद राहतको घोषणा

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा आइतबार राति पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने जनाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै राहत रकम उपलब्ध गराउने जानकारी गराएका हुन् ।

बझाङको बुंगल नगरपालिका–१० टुमेडा गाउँका वीरबहादुर धामीको घर पहिरोले बगाउँदा उनकी श्रीमती काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की धामी, नातिनी ६ वर्षीया आकृति धामी, अर्की नातिनी ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको थियो ।

९ जना रहेको धामी परिवारका अन्य ५ जना भने बाँच्न सफल भएका थिए ।

प्रकाशित : भाद्र ३, २०८१ १५:३०
x
×