कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

महाकालीमा पानीको बहाव बढ्यो

श्रावण ३, २०८१
महाकालीमा पानीको बहाव बढ्यो

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव बढेको छ । बिहीबार दिउँसोदेखि नदीमा बहाव बढेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ६ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ४७ हजार क्यूसेक पुगेको छ ।

नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको पुलमा ठूलो सवारी साधन आवागमनमा रोक लगाइएको छ । दिउँसो १२ बजेदेखि पुलमा ४ पांग्रे सवारी साधन अवागमनमा रोक लगाइएको हो ।

प्रकाशित : श्रावण ३, २०८१ २०:३५
x
×