कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध  

भाद्र २७, २०८१
पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध  

कालीकोट — पहिरोले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत-जुम्ला सडक फेरि अवरुद्ध भएको छ । बुधबार बेलुकीको अविरल वर्षापछि पहिरो जाँदा कर्णाली राजमार्गअर्न्तगत पर्ने कालीकोटको गगनेखोलादेखि हुल्मसम्म करिब १२ किमि सडक अवरुद्ध भएको हो ।

पहिरोले शुभकालिका-१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्मलगायतका ठाउँमा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि गाडी र यात्रु बाटोमा अलपत्र छन् । सधैँ पहिरो गइरहने गगने खोलामा ठूलो पहिरो गएको प्रहरीले जनाएको छ । गगने खोलामा त बुधबार बेलुकी नै पहिरो गएर गाडी रोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए । वर्षाले जितेको छहरामा पानी बढेर प्रहरी पनि पहिरो गएको ठाउँसम्म पुग्न नसकेको उनले जानकारी दिए ।

गगने खोलामा पहिरो गएपछि ठाउँ-ठाउँमा गाडी अलपत्र परेको जिल्ला टाफिक प्रहरी कार्यालयका इन्चार्ज टोपबहादुर महताराले बताए । वर्षा नरोकिँदासम्म मेसिन पनि जानसक्ने अवस्था नरहेकाले काम गर्न कठिन भएको सडक डिभिजन कार्यालय जुम्लाका सुपरभाइजर बुद्धि बरालले बताए ।

पहिरोले सडक अवरुद्ध भएकाले कर्णाली राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र हिड्न जिल्ला प्रहरी कार्यालय कालीकोटले सामाजिक सञ्जालमार्फत सूचना जारी गरेको छ ।

प्रकाशित : भाद्र २७, २०८१ ०८:१५
×