कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

१८ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

भाद्र २३, २०८१
१८ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

कालिकोट — पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक १८ घण्टापछि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाएपछि सडक खुलेको हो ।

शनिबार खसेको पहिरोले हुल्म, यस मोड, गगने खोलामा सडक अवरुद्ध भएको थियो । सडक दिउँसोदेखि सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय मान्मका इन्चार्ज टोपबहादुर महताराले बताए।

उनकाअनुसार साँघुरो सडक भएकाले एकातर्फका गाडी पास भएपछि अर्कोतर्फका गाडी पठाइनेछ । बिहानैदेखि यस खण्डमा ३ सय बढी गाडी अलपत्र थिए ।

प्रकाशित : भाद्र २३, २०८१ १६:२९
×