कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

लुम्बिनी प्रदेशसभा बैठक सर्‍यो

भाद्र १९, २०८१
लुम्बिनी प्रदेशसभा बैठक सर्‍यो

बुटवल — लुम्बिनी प्रदेशसभाको आइतबारका लागि आहृवान भएको बैठक स्थगित गरिएको छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बुधबार सूचना प्रकाशित गर्दै भदौ २३ गते आइतबार १ बजेका लागि आहृवान गरिएको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २९ औं बैठक विशेष कारण स्थगित गरिएको जनाएका हुन् ।

अर्को बैठक भदौ २६ गतेका लागि आहृवान भएको छ ।

यसअघि भदौ ७ गते प्रदेशसभाको चौथो अधिवेशनको २८ औं बैठक बसेको थियो ।

सभामुख तुलाराम घर्तीमगरको निर्देशानुसार स्थगित बैठक भदौ २६ गते बुधबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको सचिव पुनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : भाद्र १९, २०८१ २०:०४
x
×