कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

झरनामा नुहाउँदा बगेर दुई जनाको मृत्यु

भाद्र १८, २०८१
झरनामा नुहाउँदा बगेर दुई जनाको मृत्यु

अर्घाखाँची — झरनामा नुहाउँदै गरेका दुई जनाको बगेर मृत्यु भएको छ । शितगंगा नगरपालिका–१४ स्थित ढावा खहरे झरनामा नुहाउँदै गरेका बेला माथिबाट आएको भेलले बगाएर बेपत्ता भएका दुई जना युवा सोमबार मृत भेटिएका हुन् । 

कपिलवस्तु वाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रास्कोटी मृत भेटिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विपिन कार्कीले बताए । पौडेलको ५ सय मिटर र रास्कोटीको १ किमि पर शव भेटिएको थियो ।

कपिलवस्तुबाट घुम्दै झरनामा आएका उनीहरुले त्यहाँ तस्बिर खिचेर रमाइलो गरेका थिए । एक्कासि झरनाबाट धमिलो लेदोसहितको भेला आएपछि पौडेल र रास्कोटीलाई बगाएको हो ।

प्रकाशित : भाद्र १८, २०८१ २०:५३
x
×