कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

झाडापखालाका कारण नरैनापुरमा चार जनाको मृत्यु

भाद्र १७, २०८१
झाडापखालाका कारण नरैनापुरमा चार जनाको मृत्यु

नेपालगञ्ज — बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाका कारण चार जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगत शाहीले जानकारी दिए ।

शाहीका अनुसार २६ वर्षीया उपा पासी, उनकी १ वर्षीया छोरी नन्दनी पासी, ६५ वर्षीया कामती पासी र १० वर्षीय युसुफ अली सेखको मृत्यु भएको हो । गाउँमा पाँच जनालाई झाडापखालाको लक्षण देखिएको थियो ।

उनीहरूमध्ये एक जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको उपचारको क्रममा भारतमा मृत्यु भएको हो भने अन्य दुई जनाको घरमै मृत्यु भएको हो । गेगलीका दुई परिवारमा मात्रै झाडापखाला फैलिएको छ ।

झाडापखालाका कारण चार जनाको मृत्यु भएको खुलेपछि सोमबार प्रमख जिल्ला अधिकारीसहितको टोलीले गाउँमा पुगेर अनुगमन गरेको छ भने उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको जिल्ला स्वास्थ्य प्रमुख शाहीले बताए ।

'झाडापखालाबाट बिरामी सुरु भएको देखिन्छ । तर उपचारका लागि समयमै स्वास्थ्य संस्थामा नजाँदा पनि यो अफ्ठ्यारो आएको देखिन्छ,' उनले भने।

गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुन सक्ने उनले बताए ।

प्रकाशित : भाद्र १७, २०८१ १८:४१
x
×