कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

रामपुरको बर्दलेमा स्कुटर दुर्घटनामा १ जनाको मृत्यु

भाद्र १७, २०८१
रामपुरको बर्दलेमा स्कुटर दुर्घटनामा १ जनाको मृत्यु

पाल्पा — पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नम्बर १० बर्दलेमा सोमबार बिहान स्कुटर दुर्घटनामा परेर स्थानीय ४० वर्षीय यामबहादुर खरुको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार खरुले चलाएको लु ४४ प २४३१ नम्बरको स्कुटर सडकछेउको पोलमा ठोक्किएर पल्टिएको हो । कालीगण्डकी करिडोरअन्तर्गत बर्दलेबाट रामटारतर्फ जाने क्रममा बिहान ८ बजेर ५५ मिनेटमा स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका खरुलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रकाशित : भाद्र १७, २०८१ ११:२९
x
×