कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लागूऔषध कारोबारी र दुर्व्यसनी रोक्न सीमामा सर्च अपरेसन

भाद्र १३, २०८१
लागूऔषध कारोबारी र दुर्व्यसनी रोक्न सीमामा सर्च अपरेसन

बर्दिया — भारतबाट अवैधरुपमा ओसार पसार हुने लागूऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सर्च अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीबार यहाँ आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बढ्दो ब्राउन, सुगर लगायतका लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा सर्च अपरेसन सञ्चालन गरिने बताइन् ।

जिल्लाका आठै पालिकाका जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी लगायत सुरक्षाकर्मी सहितको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले उक्त अभियान नेपाल-भारत सीमा क्षेत्रमा सञ्चालन गरिने बताइन् ।

बर्दियासँग जोडिएको भारतीय सीमा नाका ८३ किमि लामो पर्दछ । सबैभन्दा बढी लागूऔषध ओसारपसार बढैयाताल, गुलरिया र मधुवन नगरपालिकामा हुने गरेको छ ।

प्रकाशित : भाद्र १३, २०८१ २०:४८
x
×