कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

भगवती जात्राका अवसरमा मंगलबार पाल्पामा सार्वजनिक बिदा 

भाद्र १०, २०८१
भगवती जात्राका अवसरमा मंगलबार पाल्पामा सार्वजनिक बिदा 

पाल्पा — लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको अवसरमा भदौ ११ गते मंगलबार पाल्पा जिल्लामा बिदा घोषणा गरेको छ ।  लुम्बिनी प्रदेश सरकारले आइतबार विज्ञप्ति जारी गर्दै २०८० चैत २० गतेको राजपत्रमा प्रकाशित बिदासम्बन्धी सूचनाअनुसार भदौ ११ गते मंगलबार बिदा दिएको जनाएको हो ।

यसैबीच, भगवती जात्रामा व्यापारिक केन्द्र बुटवलदेखि तानसेन आउने र जाने बसमा ५० प्रतिशत बसभाडा छुटको घोषणा यहाँका दुई समितिले गरेका छन् ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालि र श्रीनगर यातायात सेवा कम्पनी प्रालिको बैठकले भगवती जात्राका अवसरमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ काउन्टरबाट टिकट काटेमा ५० प्रतिशत भाडा छुट दिने निर्णय गरेका हुन् ।

प्रकाशित : भाद्र १०, २०८१ ०७:०९
x
×