कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

फरार अभियुक्त पक्राउ

भाद्र १०, २०८१

बर्दिया — प्रहरीले दुई वर्ष कैद सजाय पाए पनि फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्ला अदालतबाट ०७९ जेठ २७ गते भएको फैसला मुद्दामा दुई वर्ष कैद सजाय भएकालाई लुकीछिपी घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले गुलरिया नगरपालिका–१२ का फरार भएका शहाबुद्दिन गद्दीलाई पक्राउ गरिएको बताए । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा दाखिला गरेको प्रहरीले जनायो ।

प्रकाशित : भाद्र १०, २०८१ १४:०७
x
×