कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा दिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

श्रावण २५, २०८१
नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा दिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

नेपालगन्ज — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा भएको उपलब्ध सेवा सुविधाबाट नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् । उनले भौतिक उपलब्धता, जनशक्तिको उपलब्धता र उपकरणको उपलब्धताका आधारमा गुणस्तरीय र प्रभावकारी सेवा दिन आग्रह गरे । 

भेरी अस्पताल नेपालगन्जको नवनिर्मित इन्डोर भवन तथा एमआरआई सेवा उद्‌घाटन गर्दै उनले विकासका लागि तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने स्थिति राज्यसँग नरहेको बताए । ‘स्वास्थ्य क्षेत्रमा राज्यको अहिलेको लगानीले संविधानमा उल्लेख भएबमोजिम स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्था त छैन । तर जे छ त्यसैलाई संरक्षण गर्दै नागरिकलाई सेवा दिनु पहिलो प्राथमिकता हो,’ उनले भने ,‘अहिलेको लगानीले संविधानमा उल्लेख गरिएअनुसार राज्यबाट प्राप्त हुने सेवा आमनागरिकले पाएका छैनन् । तर राज्यले विस्तारै त्यसलालाई कार्यान्वयनमा लग्नेछ ।’

अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा भेरी अस्पतालका निमित्त मेसु डा. प्रकाश थापाले अस्पतालको सेवा प्रवाह, अवस्था, चुनौती र सम्भावनाका बारेमा प्रस्तुति दिएका थिए ।

प्रकाशित : श्रावण २५, २०८१ १६:४२
×