कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

रेडक्रसद्वारा शव वाहन संचालन

भाद्र २०, २०८१
रेडक्रसद्वारा शव वाहन संचालन

नवलपुर — नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा रेडक्रस कावासोती उपशाखाले शव वाहन संचालनमा ल्याएको छ ।

आफ्नै आन्तरिक स्रोतबाट ७ लाख ५० हजार रुपैयाँमा सवारी खरिद गरेर शव वाहनका रूपमा संचालनमा ल्याएको उपशाखाका अध्यक्ष बाबुराम कँडेलले बताए ।

जिल्लामा शव वाहन नहुँदा अन्तिम संस्कारका लागि घाटसम्म शव लैजान सवारी पाउन समस्या र सवारी भेटिए पनि महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । शव वाहन संचालनका लागि संस्थाले कार्याविधि बनाएको छ । जसअनुसार कालोपत्र सडकमा प्रतिकिमि १ सय ३०, कच्ची बाटोमा प्रतिकिमि २ सय १५ र पहाडी बाटोमा प्रतिकिमि ४ सय रुपैयाँ तय गरिएको छ ।

रेडक्रस कावासोती उपशाखाले शव वाहन, एम्बुलेन्स, ब्लड बैंक संचालन गर्दै आएको छ ।

प्रकाशित : भाद्र २०, २०८१ १५:०७
x
×