कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नेकपा एस बागलुङको अध्यक्षमा गौतम

भाद्र २०, २०८१
नेकपा एस बागलुङको अध्यक्षमा गौतम

बागलुङ — नेकपा एकीकृत समाजवादी बागलुङको अध्यक्षमा पिंगलराज गौतम चयन भएका छन् । एक साताअघि जिल्ला अध्यक्ष लालबहादुर थापासहितका केही नेता एमालेमा प्रवेश गरेपछि रिक्त अध्यक्षमा गौतम चयन भएका हुन् । 

पार्टीको केन्द्रीय कमिटीको निर्णयले सचिवालय सदस्यमा रहेका गौतमलाई नियुक्त गरिएको महासचिव घनश्याम भुषालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत महाधिवेसन सकिएपछि निष्क्रिय जस्तै बसेका जिल्ला अध्यक्ष थापा, केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला सचिव भरत पुरी एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई स्वागत गर्न एमाले गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ बागलुङ आइपुगेका थिए ।

अध्यक्ष, सचिव र केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्दा पार्टीमा केही दिन शुन्यता थियो । बिहीबार भुषालले पठाएको पत्र पाएपछि गौतमसहित नेकपा एसका कार्यकर्ताले पुन: पार्टी नेतृत्व तयार भएको बताए ।

प्रकाशित : भाद्र २०, २०८१ २०:४१
x
×