कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बाल यौन दुराचार आरोपमा शिक्षक पक्राउ

भाद्र १९, २०८१
बाल यौन दुराचार आरोपमा शिक्षक पक्राउ

लमजुङ — बाल यौन दुराचार गरेको आरोपमा लमजुङ प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार आरोपमा पक्राउ गरी मुद्दा अघि बढाएको छ । गुरुङलाई बुधबार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

प्रहरीका अनुसार ती शिक्षकले सोमबार बिहान आफ्नै कोठामा बोलाएर ती बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको छ । ‘बालिका पढ्न कमजोर भएको भन्दै पढ्नका लागि आइतबार नै शिक्षकले कोठामा बोलाएछन् । सोमबार बिहान पनि बोलाएछन् । त्यतिबेला अवान्छित गतिविधि भएछ,’ प्रहरीले भन्यो ।

बाटोसम्म अभिभावकले पुर्‍याएर शिक्षकको कोठामा गएका बालिकाले घरमा फर्केर शिक्षकले गरेको गतिविधिबारे जानकारी गराएपछि अभिभावकले सोमबार प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार ती शिक्षकले बालिकामाथि गरेको क्रियाकलाप स्वीकार गरेका छन् ।

प्रकाशित : भाद्र १९, २०८१ १०:१७
x
×