कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी  

भाद्र १९, २०८१
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी  

पूर्वी नवलपरासी — अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोडभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले गैंडाकोटबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका डीएसपी बेदबहादुर पौडेलका अनुसार अरविन्दु कुमार चौधरीको जाहेरीको आधारमा कावासोती नगरपालिका-१७ निवासी ३९ वर्षीय प्रितम गिरीलाई पक्राउ गरिएको हो ।

गिरीलाई बुधवार गैँडाकोट नगरपालिका-२ भृकुटी चोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बिभिन्न ब्यक्तिबाट एक करोड ठगेको प्रहरीमा निवेदन परेको छ ।

गिरीलाई वैदेसिक रोजगार ठगी सम्बन्धी कसुरमा वैदेशिक रोजगार विभागले पनि पक्राउ गर्न परिपत्र गरेको थियो ।

प्रकाशित : भाद्र १९, २०८१ २१:४४
x
×