कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

घाइते अवस्थामा भेटियो चितुवा

भाद्र १९, २०८१
घाइते अवस्थामा भेटियो चितुवा

गोरखा — गोरखा नगरपालिका–१० विरेन्चोकस्थित ढापमा घाइते अवस्थामा चितुवा भेटिएको छ । बुधबार दिउँसो हिड्न नसक्ने अवस्थामा चितुवा भेटिएपछि स्थानीयले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । 

बुधबार रातिसम्म चितुवाको उद्धारका लागि प्रयास गरिएपनि सफल हुन नसकेको डिभिजन वन कार्यालयका सुचना अधिकारी महेष पौडेलले जानकारी दिए ।

‘घाइते अवस्थामा चितुवा फेला परेको छ, स्रोत साधनको अभावले साँझसम्म उद्धार गर्न सकेनौँ,’ उनले भने, ‘भोलि बिहानसम्म हेर्छौ, प्राकृतिक बासस्थानतर्फ गयो भने उद्धार गर्नू परेन, नत्र प्राविधिक झिकाउने तयारीमा छौँ।’

उद्धारका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहा र वन्यजन्तु उद्धार केन्द्र पोखराको प्राविधिक साग समन्वय भइरहेको उनले बताए । ‘साँझसम्म हाम्रै निगरानीमा थियो, उठ्न नसक्ने अवस्थामा चितुवा देखिएको छ, मानवीय क्षति गर्ने संभावना भने देखेका छैनौँ,’ उनले भने ।

प्रकाशित : भाद्र १९, २०८१ २२:००
x
×