कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बाढीपहिरोले बेंसीसहर–डुम्रे सडक अवरुद्ध

भाद्र १६, २०८१

लमजुङ — बेंसीसहर नगरपालिका १, उदिपुर सडक निर्माणस्थलमा पहिरो खसेपछि बेंसीसहर–डुम्रे सडक अवरुद्ध भएको छ । ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार उदिपुर बजारमै बाढीले गेग्रान थुपारेपछि सवारीसाधन आवातजावत रोकिएको छ ।

ट्राफिक प्रहरी सहायक निरीक्षक भीमबहादुर रानाभाटका अनुसार अविरल वर्षासँगै आइतबार बिहान साढे ८ बजेतिर पहिरो खसेको हो । साथै बाढीले सडकमा गेग्रान थुपारिदिएपछि सडक अवरुद्व भएको हो ।

सडक अवरुद्ध भएपछि लमजुङ सदरमुकाम बेसीसहरबाट संघीय राजधानी काठमाडौं, प्रदेश राजधानी पोखरा साथै चितवन आउजाउ गर्ने एकमात्र सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको छ ।

काठमाडौं–पोखरा–चितवन जाने भन्दै गएका सवारी साधनहरू बीचबाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईले रातिदेखि पानी परिरहेको र यसले बेंसीसहर–डुम्रे सडकको लमजुङ खण्डको उदिपुर पहिरोमा यसअघि पहिरो खसेको ठाउँमा पहिरो गएको बताए । उनले पानी परिरहेको र पानी पर्न रोकिनासाथ सडक खुलाइने बताए ।

प्रकाशित : भाद्र १६, २०८१ ०९:२१
x
×