कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

भाद्र १४, २०८१
बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

कास्की — बीमा रकम दाबी गर्नका लागि आफ्नै पसलमा आगो लगाउने दुई जना पुर्पक्षका लागि शुक्रबार कारागार चलान भएका छन् ।

गत साउन १६ गते पोखरा महानगरपालिका-६ नारेश्वरस्थित डा थानेश्वर पहारीको घरमा संचालित मुक्तिनाथ सपिङ सेन्टरका संचालक स्याङ्जा आधिखोला गाउँपालिका-६ घर भई हाल पोखरा-१७ ड्यामसाईड बस्ने ३६ वर्षीय सुजन गहतराज र पुतलीबजार नगरपालिका-७ घर भई हाल पोखरा-१७ बस्ने ४३ वर्षीय पवन नेपाल जेल चलान भएको जिल्ला प्रहरी प्रमुख मोहन थापाले बताए ।

बीमाको रकम दाबी गर्नको लागि आफ्नै पसलमा आगो लगाएको घटनामा संलग्न गहतराज र नेपाललाई आपराधिक उपद्रव शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको थियो । अदालतले उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

प्रकाशित : भाद्र १४, २०८१ २२:२१
x
×