कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

दुर्लभ रक्त समूह भएकाहरु संगठित

भाद्र ८, २०८१
दुर्लभ रक्त समूह भएकाहरु संगठित

पूर्वीनवलपरासी — पूर्वीनवलपरासीमा रहेका दुर्लभ रक्त समूहमा अबद्ध व्यक्तिहरु संगठित भएका छन् । दुर्लभ रक्त समूह भएकाहरुको शनिबार कावासोतीमा भएको भेलाले सोम सुवेदीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

नेगेटिभ रक्त समूहलाई संसारमै दुर्लभ रक्त समूह मानिन्छ । संसारका १.५ प्रतिशत मान्छेमा यो रगत रहेको तथ्यांक छ ।

समितिको पहिलो जिल्ला कार्यसमितिको अध्यक्षमा सोम सुवेदी, उपाध्यक्षमा सोनी श्रेष्ठ, सचिवमा रमेश बस्ताकोटी र कोषाध्यक्षमा नेनुका श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा विक्रम कार्की, गोबिन्द ढकाल, लोकेन्द्र वयम्बु, रामचन्द्र सापकोटा र स्मृति भुसाल न्यौपाने चयन भएका छन् ।

समितिमा सहसचिव, सहकोषाध्यक्षसहित २ सदस्य जिल्ला कार्यसमितिको बैठकले चयन गर्ने सचिव बस्ताकोटीले जानकारी दिए ।

कावासोतीको रेडक्रस कार्यालयमा शनिबार सम्पन्न भेलामा यो रक्त समूहका करिब ५ दर्जन स्थानीयको सहभागिता थियो ।

प्रकाशित : भाद्र ८, २०८१ २२:१९
x
×