कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

करेन्ट लागेर दुई जना घाइते

भाद्र ६, २०८१

गोरखा — गोरखा नगरपालिका–६ पाटेचौरस्थित निर्माणाधीन घरको छतमा आल्मुनियमको काम गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका छन् । 

गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ वर्षीय सुनिल मगर र भारत घर भई गोरखा नगरपालिका–६ को प्रिन्स ग्रील उद्योगमा काम गर्ने २८ वर्षीय अर्मन खान घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीबार रेलिङ हाल्ने क्रममा फलामको रडमा घर नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छुन गई करेन्ट लाग्दा उनीहरु घाइते बनेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

घाइते सुनिल मगरको गोरखामा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर रेफर गरिएको छ । अर्मन खानको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०८१ १५:०९
x
×