कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खेतको आलीछेउमा  एक महिला मृत अवस्थामा फेला

भाद्र २५, २०८१

काभ्रे — काभ्रेको पनौतीमा खेतको आलीछेउमा  एक महिला मृत अवस्थामा फेला परेकोजिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मंगलबार बिहान ६:१५ बजेतिर काभ्रेको पनौती नगरपालिका वडा नम्बर– ४ स्थित दूधमिल पछाडि खेतको आलीछेउमा एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, बनेपा नगरपालिका वडा नं ११ का सल्ले घर भई हाल जिल्ला काभ्रे पनौती नगरपालिका वडा नम्बर–४ कुमारी बैंक पछाडि डेरा गरी बस्ने अन्दाजी वर्ष ३५/४० की शान्ति तामाङको शव रहेको भनी उनका छोरा वर्ष १५ को सञ्जय तामाङले जानकारी गराएका थिए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


प्रकाशित : भाद्र २५, २०८१ ०९:०४
×