कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

मकवानपुरमा १४ किलो चरेशसहित दुई जना पक्राउ

भाद्र २३, २०८१
मकवानपुरमा १४ किलो चरेशसहित दुई जना पक्राउ

हेटौडा — चौध किलो लागुऔषध चरेशसहित मकवानपुर प्रहरीले धादिङ जिल्लाका  दुई जनालाई पक्राउ गरेको छ  । हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटे चेकपोष्टका प्रहरीले गजुरी गाउँपालिका-८ का  ४२ वर्षिय केदार तामाङ र सोही स्थान  बस्ने ३६ वर्षिय सुकमान तामाङलाई पक्राउ गरेको हो । 

हेटौंडाबाट पथलैयातर्फ गईरहेको ना ७ ख ६०६१ नम्बरको यात्रुवाहक बसलाई रातोमाटे चेकपोष्टका प्रहरीले रोकेर जाँच गर्ने क्रममा बसमा सवार तामाङद्धयको शरीर र झोला खानतलासी गर्दा १४ केजी चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय हेर्टौडा प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए । प्रहरीले तामाङद्वयलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : भाद्र २३, २०८१ १९:२४
×