कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

कफी किसानले खोले 'ब्यूटीफुल क्याफे'

भाद्र २३, २०८१
कफी किसानले खोले 'ब्यूटीफुल क्याफे'

सिन्धुपाल्चोक — 'र्‍याफ्टिङ' का कारण पर्यटकीय क्षेत्रकारुपमा चिनिएको सुकुटेमा सिन्धुका कृषकले 'ब्युटीफुल क्याफे' सञ्चालनमा ल्याएका छन् । जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाका अनुसार व्यवसायिक कफी खेतीमा होमिएका कृषकको चिनोस्वरुप कफी सहकारीमार्फत् क्याफे सञ्चालन गरिएको हो ।

सहकारीमा बाह्रबिसे, चौतारा साँगाचोकगढी, मेलम्ची नगरपालिकादेखि अन्य पाँच गाउँपालिकाभर झन्डै २ हजार १ सय ५० कृषक आवद्ध छन् ।

जिल्लाभर गरी वार्षिक उत्पादन हुने ३० टनभन्दा बढी कफीबाट मात्रै करिब २ करोड आम्दानी हुने गरेको छ । 'सिन्धुपाल्चोक फ्लेबर दिलाउने सहकारीद्वारा संञ्चालित 'ब्यूटीफुल क्याफे' सिंगो जिल्लाका कृषकको चिनो हो, यहाँ सिन्धुपाल्चोकमा उत्पादित कफीको स्वाद लिन पाउनुहुनेछ,' थापाले भनिन् ।

क्याफेमा विभिन्न पुस्तकसहित अर्गानिक कफी पिउन पाउने भएपछि सुकुटेमा जलपर्यटक तानिन थालेका छन् । कृषि क्षेत्रमा विकसित मानिएका देश जापान, अस्ट्रेलियादेखि कोरियासम्म अर्गानिक कफी कोभिड अघिझैं हवाई र जलमार्गबाट निर्यात हुने गर्छ ।

सिन्धु कफी सहकारी संघबाट वार्षिक सात टन अर्गानिक कफी विदेश निर्यात भइरँदा स्थानीय स्तरमा वितरण गर्ने माध्यमका लागि क्याफे खोलिएको थापाको भनाइ छ । २०६४ सालदेखि एउटा सामाजिक संस्थाबाट सुरु गरिएको कफी खेतीलाई सहकारी संघबाट व्यवस्थित बनाएर जिल्लामा पहिलो पटक क्याफे सुरु गरिएको हो ।

जिल्ला कफी सहकारी संघबाट ‘अर्गानिक सर्टिफिकेसन’ सकेर तीन देशमा वार्षिक सात टन कफी निरन्तर निर्यात गरिँदै आएको छ । कोरियामा ‘ब्युटिफुल कफी कोरिया’, अस्ट्रेलियामा ‘हिमालयन अर्गानिक कफी अस्ट्रेलिया’ र जापानमा ‘कफी अफ नेपाल’ जस्ता संस्थाले संस्थागत व्यापारका रूपमा कफी लैजाने गरेका छन् ।

‘यस बराबर आउने मुनाफा प्रत्येक आम कफी किसानलाई प्रतिकिलो १० रुपैयाँ बराबर बाँडिन्छ । उहाँहरूको प्रत्येक कफीसम्बन्धी समस्यालाई हरसम्भव हेर्ने गर्छौं,’ उनले भनिन् । असार महिनामा लगाइने कफीका बोटबाट पूरा उत्पादन लिन तीन वर्षको समय लाग्छ ।

प्रकाशित : भाद्र २३, २०८१ १८:५४
×