कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भाद्र १७, २०८१
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा — पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–१९, नेवारीपानीमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

चितवनतर्फबाट हेटौंडा आउँदै गरेको वाप्र ०३-००१ ख २०८६ नम्बरको ट्रकले बाप्र ०२-०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अभिषेक सुवेदीको मृत्यु भएको हो । हेटौंडाबाट मनहरीतर्फ गइरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा चालक घाइते भएका थिए ।

हेटौंडा उपमहानगरपालिका-९ का २५ वर्षीय सुवेदीको हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक चन्द्रप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र १७, २०८१ १३:०५
x
×