कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

चितवनमा कुलाेमा डुबेर बालककाे मृत्यु

भाद्र १६, २०८१
चितवनमा कुलाेमा डुबेर बालककाे मृत्यु

चितवन — कुलाेमा डुबेका एकजना बालककाे उपचारकाे क्रममा निधन भएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका-२६ खयरघारी दुर्गा मन्दिर टाेलकाे कुलाेमा स्थानीय हरीबहादुर कुमालका तीन वर्षका छाेरा सन्देश आइतबार दिउँसाे तीन बजेर २० मिनेट जाँदा बगेका थिए ।

बगेकाे ठाउँभन्दा दुई सय मिटर तलबाट बालककाे उद्धार गरेर उपचारका लागि भरतपुरकाे सरकारी अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारकाे क्रममा साँझ सात उनकाे निधन भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

प्रकाशित : भाद्र १६, २०८१ १९:४०
x
×