कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चट्याङ लागेर सिन्धुलीमा एकको मृत्यु

भाद्र १५, २०८१
चट्याङ लागेर सिन्धुलीमा एकको मृत्यु

सिन्धुली — चट्याङ लागेर सिन्धुलीमा शनिबार दिउँसो एकको मृत्यु भएको छ । मरिण गाउँपालिका-७ महेश्वता नजिक मरिणखोला बगरमा गाईवस्तु चराउँदै गरेका स्थानीय ६५ वर्षीय चन्द्रबहादुर माझीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर चिन्ताजनक अवस्थामा रहेका माझीको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख प्रहरी निरिक्षक धर्मराज खत्रीले जानकारी दिए ।

प्रकाशित : भाद्र १५, २०८१ १७:१२
x
×