कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

खोलाले बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

भाद्र १०, २०८१

सिन्धुली — बाख्रा चराएर घर फर्किंदै गर्दा खोलाले बगाएर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मरिण गाउँपालिका-७ दधिदमार घर भएका २८ वर्षीय ज्ञानबहादुर भोलनको चुनिया खोलाले बगाएर मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । 

मृतक भोलनको शव तीनसय मिटरतल सोमबार बिहान फेला परेको थियो । बाख्रा भने सकुशल रहेका छन् । त्यस्तै सोही गाउँपालिका वडा नम्बर-१ टुडीखेलकी २२ वर्षीय ललिमाया बलको गोठालो जाँदा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिरबाट लडेर बेहोस अवस्थामा फेला परेकी बलको इन्टरनेसनल अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०८१ १०:०५
x
×