कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

लेदो खसेपछि कान्ति लोकपथ र कुलेखानी-फर्पिङ सडक अवरुद्ध

भाद्र १०, २०८१

हेटौँडा — कान्ति लोकपथ र राजधानी प्रवेश गर्ने छोटो दुरीको कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्ड माथिबाट लेदो खसेर अवरुद्ध भएका छन् ।

कान्ति लोकपथको भीमफेदी गाउँपालिका-८ महादेवटार सडक खण्डमा वर्षाका कारण माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको छ ।

यसैगरी कुलेखानी-सिस्नेरी-फर्पिङको रामचन्द्र भन्ज्याङको सडक खण्डमा भदौरे झरीले माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता एव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

दुवै सडक अपरान्ह ३ बजेदेखि अवरुद्ध भएका हुन् । अवरुद्ध सडक खुलाउन स्थानीयवासी र प्रहरीहरु खटिएका छन्।


प्रकाशित : भाद्र १०, २०८१ १७:४५
x
×