कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

होटलमा युवतीको हत्या

भाद्र १०, २०८१
होटलमा युवतीको हत्या

हेटौंडा — हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपानेको होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार अपरान्ह ४ बजेतिर उनी त्यस होटलमा एक युवकसहित पुगेको बताइएको छ ।

न्यौपानेसँगै आएका युवक भने बेलुका ८ बजेतिर नै कोठाबाट भागेका थिए । युवकले युवतीलाई २ वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ । सोमबार बिहान अबेरसम्म पनि उक्त कोठा नखुलेपछि होटलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् ।

युवकको पहिचान भने खुल्न सकेको छैन । होटलमा युवकले आफ्नो नाम र मोबाइल नम्बर गलत लेखाएको देखिन आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०८१ १५:१८
x
×